नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ - प्रशासन प्रशासन
prasaLogo
२४ मंसिर २०७६, मंगलवार

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ


प्रकाशित मिति : 10 December, 2019 8:27 pm

pakrau

धनगढी । कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए । पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ । उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस