हजार बढी शाखा अधिकृतको भोली विज्ञापन हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हजार बढी शाखा अधिकृतको भोली विज्ञापन हुँदै


२४ मंसिर २०७६, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त शाखा अधिकृत पदमा पदपुर्तिका लागि लोक सेवा पठाएसँगै भोली बुधबार विज्ञापन हुँदैछ ।

आयोगको वार्षिक कार्य तालिका अनुसार बुधबार अधिकृत(अप्राविधिक)तर्फ विज्ञापन हुने कार्यतालिका यस अघि नै प्रकाशित भई सकेको छ ।

प्रशासन उच्च स्रोतका अनुसार नेपाल प्रशासन सेवा, लेखा परीक्षण सेवा र नेपाल परराष्ट्र सेवाको संचालन गर्ने निकायबाट रिक्त दरवन्दी पदपूर्तिका लागि माग भई आए अनुसार मन्त्रालयले स्थायी पदपूर्तिका लागि आयोगको कार्यालयमा पठाएसँगै विज्ञापन हुने निश्चित भएको हो ।

भोली हुने विज्ञापनमा सामान्य प्रशासन, राजश्व, लेखा र लेखा परीक्षणमा करीब सात सय बढी र कानूनतर्फ तीन सय गरी एक हजार बढीको संख्यामा खुल्दै छ ।

आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन मन्त्रालयबाट माग भई आएको र आयोगले भोली विज्ञापन गर्ने प्रशासनलाई बताए ।

मंसिर अन्तिम बुधबार राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको विज्ञापन हुने आयोगको पूर्व निर्धारित कार्यतालिका अनुसार सामान्य प्रशासन मन्त्रालय तयारी अवस्थामा नै रहेपनि नवनियुक्त मन्त्री ह्दयेश त्रिपाठीले ‘विज्ञापन पठाउनु पर्ने कारण के ?’ भन्दै कर्मचारी प्रशासनमा प्रश्न तेछ्र्याए सँगै माग पठाउने नपठाउने बारे अन्यौलताको अवस्था सिर्जना भएको थियो ।

तर, सचिव यादव प्रसाद कोईरालाले यो नितान्त प्रशासनिक कार्य भएको र विज्ञापन रोक्दा समग्र प्रक्रिया नै भताभुंग हुन जाने भन्दै प्रक्रिया अघि बढाएसँगै एक दिन अगाडी आज मंगलबार मात्रै आयोगको कार्यालयमा माग पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस