नेपाल र भूटानबीचको खेल बराबरीमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल र भूटानबीचको खेल बराबरीमा


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए ।

खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । खेलमा नेपालले गोल गर्ने आकर्षक अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस