२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

अ+ अ-

काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छन् ।

भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक दुईदिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको छ भनिन् ।

‘जग्गा प्रशासन क्षेत्रमा सुशासन कायम गरी सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने प्रक्रियामा मन्त्रालय लागेको छ’ उनले भनिन्, ‘विकास निर्माणका लागि आवश्यक पर्ने भौगोलिक सूचनाको उपलब्धता सुनिश्चित तुल्याउन मन्त्रालय प्रतिबद्ध छ ।’

मन्त्री अर्यालले विकास निर्माणको मेरुदण्ड नाप–नक्शा तथा भूमि व्यवस्थापनले राज्यलाई पुर्‍याउनुपर्ने योगदानका लागि समसामयिक क्षमता विकास गर्नु अपरिहार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नाप–नक्शा तथा भूमि व्यवस्थापनमा नविनतम् प्रविधिको प्रयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

‘भूमि व्यवस्थापनका क्षेत्रमा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग थप सहकार्य गर्न जरुरी देखिन्छ’, उनले भनिन्, ‘नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा भएको विकसित प्रविधिलाई आत्मसात गर्दै जानुपर्दछ ।’

मन्त्री अर्यालले केन्द्रले भूमि व्यवस्थापनमा रुपान्तरणका लागि प्रशिक्षण पाठ्यक्रममा समसामयिक परिमार्जन, क्षमता विकास तथा विश्वविद्यालयको सहकार्यलाई अझ बढी प्रभावकारी र व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिदैं यस्ता अन्तरराष्ट्रिय गोष्ठीबाट नाप–नक्शा तथा भूमि व्यवस्थापनको क्षेत्रमा देश विदेशमा विकास भएका नविनतम् प्रविधि एवं अवधारणको अध्ययन, अनुसन्धान तथा उपयोगको अनुशरण गरी निरन्तरता दिनुपर्छ भनिन् ।

काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा डा.रामकण्ठ माकजू श्रेष्ठले कुनैपनि विषयमा योजनामा स्रोत, योजनाकार, सामग्री तथा दूरदृष्टि भएमात्रै अपेक्षित लक्ष्य पूरा हुने बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू श्रेष्ठले ग्रामीण र शहरी क्षेत्रमा छुट्टाछुट्टै अवधारणा बनाइ वैज्ञानिक ढङ्गले भूमि व्यवस्थान जरुरी भएको बताए ।

दुई दिने सो कार्यशाला गोष्ठीमा नेदरल्याण्ड, टर्की, चीन, भारत, अफ्गानिस्तान, मङ्गोलियालगायत १५ देश तथा नेपालस्थित विश्वविद्यालयका प्राध्यापक, भूमिविज्ञ, विद्यार्थी, कर्मचारीलगायत एक सयको सहभागिता रहेको केन्द्र प्रमुख गणेशप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार गोष्ठीमा दिगो विकास लक्ष्यअनुरुप विकासको ‘मोडल’, वैज्ञानिक शहरीकरणमा प्रविधिको विकास, भूमि व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगलगायतका विषयमा देश विदेशका विज्ञले प्रस्तुतिकरण एवं अनुभव आदानप्रदानको गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस