आज साग समापन समारोहलाई प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज साग समापन समारोहलाई प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई आज भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने भएका हुन् ।

मङ्सिर १५ गतेदेखि शुरु भएको १३औँ सागको आज समापन हुँदैछ । समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ ।

दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ ।

अपरान्ह ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोह झण्डै डेढ घण्टाको हुने छ । समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने जनाइएको छ।

यस्तै दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ ।

समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस