३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदसँग अनौपचारिक ‘गोप्य’ छलफल किन खोजे मन्त्री त्रिपाठीले ?

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले संसदको राज्य व्यवस्था समितिसँग अनौपचारिक ‘गोप्य’ छलफलका लागि आग्रह गरेका छन् ।

‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’उपर मस्यौदा प्रतिवेदन छलफलका क्रममा मन्त्री त्रिपाठीले विधेयकमा यसअघि नै सहमति गरिएका विषयमासमेत पुनः विवाद आएको र कतिपय सांसदले अहिलेको कानुनले कर्मचारीमा सुधार नहुने बताएपछि अनौपचारिक र ‘गोप्य’ छलफल राख्न भनेका हुन् ।

मंगलवार भएको छलफलमा मन्त्री त्रिपाठीले पत्रकारलाई बाहिर राखेर छलफल गर्न खोजेको संकेत गरेका थिए तर समिति सभापति शशी श्रेष्ठले विगतमा पनि यस्तो छलफल भएको र पत्रकारले यस विषयमा सहयोग गर्ने बताएपछि उनले सघन छलफल गर्नुपर्ने भन्दै एक पटक समय दिन आग्रह गरेका थिए ।

आफ्नो कुनै अडान नभई कसरी राम्रो बनाउन सकिन्छ भन्ने प्रयासमा रहेको बताएका मन्त्री त्रिपाठीले संघीय निजामती सेवा ऐनमा के के कुरा समावेश गर्दा राम्रो हुन्छ भन्ने ठोस योजना भने सार्वजनिक गरेका छैनन् । उनले अघि सार्न खोजेको योजनाबारे न त सांसद नै विश्वस्त छन् न त कर्मचारीलाई नै जानकारी छ ।

सार्वजनिक कार्यक्रम तथा संचार माध्यममा कर्मचारीप्रति नरम देखिएका मन्त्री त्रिपाठी मन्त्रालयमा भने फायरिङको मुडमा देखिएका छन् ।

नयाँ जिम्मेवारी सम्हालेको दुई हप्तामै मन्त्रालयका उच्च प्रशासकहरुसँग उनको सम्बन्ध बिगे्रेको छ । शुरुवातीमा मन्त्रालयका विविध पक्षबारे सचिव तथा सहसचिवहरुसँग सामुहिक तथा छुट्टाछुट्टै रुपमा ब्रिफिङ लिएका उनले पछिल्ला केही दिनयता कर्मचारी समायोजनदेखि संघीय निजामती सेवा विधेयकको विषयलाई लिएर पटक पटक किन यस्तो गरेको भन्दै झपार्दै आएका छन् ।

यद्यपी नीतिगत निर्णयहरुमा मन्त्रीको प्रमुख भूमिका रहने र तत्कालिन अवस्थामा जो मन्त्री छ, उसैको आदेश अनुशार काम हुने प्रचलनलाई नजरअन्दाज गरी फायरिङको शैलीमा उत्रेका मन्त्री त्रिपाठीले आज आफूले कसरी काम गराउँदैछु भन्ने कुरा समेत हेक्का नराखेको देखिन्छ ।

नयाँ मन्त्रीसँगै समायोजन तथा ऐनमा असन्तुष्ट पक्षहरुको एकतर्फी कुरा सुनेर पुनः नयाँ ढंगले शुरुवात गर्न खोज्दा भोली अर्कोतर्फ समस्या उत्पन्न हुने मन्त्रालय स्रोतको भनाई छ ।

नयाँ नेतृत्वले नयाँ तौर तरिकाबाट काम गर्नु स्वभाविकै भएपनि यस अघि भए गरेका राजनीतिक नेतृत्वबाट भए/गरेका कामहरुको दोष कर्मचारीमाथि थुपार्दै हपार्नुले समस्याको समाधान भन्दा उल्टो समस्या बल्झिने देखिएको छ । सुधार्नुपर्ने पक्षहरुमा सकरात्मक तवरबाट सुधारको सुरुवात गर्दा अघि बढ्न सहज हुने एक अधिकारीले प्रशासनलाई बताए ।

प्रतिक्रिया दिनुहोस