खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी


२३ मंसिर २०७६, सोमबार


दिक्तेल । खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ ।

रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।

आगजनीका कारण गाडी पूरै जलेको छ । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’

हरमटारबाट गएको प्रहरी टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी कसरी भयो भन्ने खुलेको छैन । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । प्रजिअ उपाध्यायका अनुसार घटनाको अनुसन्धानका लागि खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस