नवनियुक्त कृषिमन्त्री भुसालले भेटे सातै प्रदेशका कृषिमन्त्रीलाई « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नवनियुक्त कृषिमन्त्री भुसालले भेटे सातै प्रदेशका कृषिमन्त्रीलाई


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । नवनियुक्त कृषिमन्त्री घनाश्याम भूषालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग भेट गरेका छन् ।

मन्त्रालयमा आइतबार पत्रकारसँग कुरा गर्दै मन्त्री भूषालले सात वटै प्रदेशका मन्त्रीहरूले समन्वयको अभाव महसुस गरेको बताएका हुन् ।

उनले भेटमा मन्त्रीहरुबीच स्थायी रुपले समन्वय सहकार्य गर्ने छलफल भएको बताए । कुनै न कुनै मेकानिजम बनाएर संघीय सरकारको समन्वयमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री भुसालले मन्त्रालय अब कसैको विवेकबाट नभई विधिबाट चल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस