७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ


२२ मंसिर २०७६, आइतबार


घुस

काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसी घुससहित पक्राउ परेका छन् ।

आयोगको बुटवलस्थित सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका–१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

सई केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस