२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

अ+ अ-

गुलरिया । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताए ।

बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि बिहीबारदेखि शुरु भएको धनधान्याञ्चल महायज्ञ उद्घाटन कार्यक्रममा उनले शिक्षा क्षेत्रको विकास गर्न यसअघि नै बनेको शिक्षा आयोगले अध्ययन गरी सिफारिस गरेको सुझावलाई मात्रै नेपाल सरकारले योजना बनाएर कार्यान्वयन गरेको भए अहिलेसम्म शिक्षा क्षेत्र धेरै अगाडि गइसक्ने बताए ।

स्थानीयस्तरमै उच्च शिक्षासम्म अध्ययन गराउने उद्देश्यले विसं २०६६ मा अशुंवर्मा माविको प्राथमिक कक्षा सञ्चालन ब्लकको भवनमा शुरु गरिएको थियो । अहिले पनि क्याम्पस सोही भवनमा चल्दै आएको छ । उच्च शिक्षा क्याम्पसलाई व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले स्थानीय शिक्षाप्रेमी दिपिन पोखरेलले पाँच कठ्ठा जग्गा दान गरेपछि सोही जग्गामा भवन निर्माण गरी पठनपाठन शुरु गरिएको छ ।

बारबर्दिया नगरपालिकाले नगरक्षेत्रमा कुनै पनि शैक्षिक संंस्था सञ्चालन गर्न न्यूनतम एक बिघा जग्गा अनिवार्य हुनपर्ने नीतिगत निर्णय गरेको छ । थोरै मात्र जग्गामा आवश्यक पूर्वाधार निर्माण गर्न पनि समस्या भएको छ । सदाशिव बहुमुखी क्याम्पस नगरपालिकाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको सबै क्षेत्रको विकास गर्न आफूले सबै किसिमको काममा सहकार्य गर्ने बारबर्दिया नपाका प्रमुख दुर्गाबहादुर थारूले बताए ।

क्याम्पसको जग्गा खरीद र पूर्वाधार निर्माण गर्न स्थानीयवासी पनि सक्रियरूपमा लागेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा लिनबाट वञ्चित विद्यार्थीलाई उच्च शिक्षाको सपना पूरा गर्न महायज्ञमार्फत सहयोग पुग्ने विश्वास रहेको स्थानीय शिक्षाप्रेमी कालिप्रसाद थारूले बताए ।

प्रतिक्रिया दिनुहोस