जापानका लागि सीप परीक्षण परीक्षामा सबै फेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जापानका लागि सीप परीक्षण परीक्षामा सबै फेल


१९ मंसिर २०७६, बिहिबार


काठमााडौं । वैदेशिक रोजगारीमा जापानका लागि पहिलो चरणको सीप परीक्षणमा सबै अनुत्तिर्ण भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयर गिभरको सीप परीक्षामा सबै उनुत्तिर्ण भएपछि पहिलो चरणमा नेपाली श्रमिक जापान जान नपाउने भएका हुन् ।

भाषा परीक्षामा भने एक जना मात्रै पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये एक हजार लाई लक्की ड्र मार्फत छनोट गरिएको थियो । पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये ५६ जना उत्तिर्ण भए । ती मध्ये पहिलो चरणको नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए ।

जापान सरकार र नेपाल सरकार बीच गत चैत्र ११ गते जापानी नागरिक सरह सेवा सुविधा दिएर नेपाली श्रमिक आपुर्तिबारे ‘सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

दुई देश बीच भएको आपसी समझदारीमा भाषा र सीप दुबै उत्तिर्ण भएपछि मात्रै जापान जान सकिने प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस