२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एकल महिलालाई अपहेलना होईन सम्मान गरौँ’

अ+ अ-

डोटी । मानव अधिकारका लागि एकल महिला समूह डोटीले महिलालाई सम्मान गर्नुपर्ने कुरामा जोड दिएको छ । जिल्ला सदरमुकाम डाटीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले एकल महिलालाई अपहेलना होईन सम्मान गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।

नेपालको संविधान महिलामुखि भएको हुँदा एकल महिलालाई अपहेलना होईन विशेष सम्मानमा जोड दिनुपर्ने पूर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । उनले भने ‘हाम्रो धर्मग्रन्थमा समेत महिलाको सम्मान गर्नुपर्ने सार छ, त्यसैले हामीले मुखले भनेर भन्दा पनि सम्मान, समानता व्यवहारमा देखाउनु पर्छ ।’

आफ्नो स्थानीय तहमा कार्यक्रम संचालन गर्दा आफू जुनसुकै समयमा पनि सहकार्य, समन्वय र सहयोग गर्न तयार रहेको समेत अध्यक्ष बोगटीले बताए ।

एकल महिला भनेका कुनै छुट्टै महिला होईनन् हामी जस्तै महिला हुन् सबैलाई समान व्यवहार गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जू मलासीले बताइन् । उनले भनिन्, ‘एकल महिलाहरुले पनि परियोजना संचालन भएको समयमा नभई जुनसुकै समयमा पनि सक्रिय हुनुपर्छ तपाईँहरु सोच परिवर्तन गर्नुहोस्, स्वरोजगारमुखि कार्यक्रम गर्ने भनेर आउनुहोस् म सहयोग गर्न तयार छु ।’

नगरपालिकामा संचालन हुने परियोजनालाई उपलब्धिमुलक बनाउन कहाँ के सहयोग गर्नु पर्छ आफु तयार रहेको समेत प्रमुख मलासीले बताईन् ।

नेपाल सरकारले संचालन गर्ने कार्यमा सहयोग गर्न, साझेदार गर्न सहयात्रीको रुपमा काम गरिरहेका मानव अधिकारका लागि महिला एकल महिला समूह सुदूरपश्चिम प्रदेशकी अध्यक्ष सुमन शर्माले बताईन् । उनले भनिन् ‘सुदूरपश्चिममा करीब १७ हजार एकल महिला छन् ती महिलाहरुको सहायताको छहारी बन्ने प्रयास गर्दैछौँ, एकल महिलाले भोग्नु पर्ने पीडा, अपहेलना कस्तो हुन्छ हामीलाई थाहा छ, त्यसैले यस्तो पीडा कसैले भोक्नु नपरोस यसको विरुद्धमा आवाज उठाउन आवश्यक छ ।’ संस्थाले संचालन गर्ने सम्पूर्ण कार्यक्रमहरु लक्षित वर्गका लागि हुने भएकाले स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने समेत अध्यक्ष शर्माले बताईन् ।

महिलाहरुको नेतृत्व र क्षमता विकास गर्नुका साथै महिलालाई आयमूलक कार्यमा सहभागी हुन सिप विकास गर्ने उद्देश्यले डोटी जिल्लामा परियोजना संचालन गर्न लागिएको परियोजनाकी केन्द्रीय पवन्धक उपासना राणाले बताईन् । डोटीको दिपायल सिलगढी नगरपालिका र पूर्विचौकी गाउँपालिमामा संचालन हुने परियोजनाको समयावधी ३ वर्षको हुने र परियोजनालाई वुमन काईन्डले सहयोग गरेको समेत प्रबन्धक राणाले जानकारी दिईन् ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिका र पूर्विचौकी गाउँपालिकाका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार, एकल महिला समूहका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला परियोजना अधिकृत लक्ष्मी देउवा बमले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस