अन्तर्राष्ट्रिय रेडक्रस महासंघको महासचिवमा नेपालका जगमान चापागाईं « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अन्तर्राष्ट्रिय रेडक्रस महासंघको महासचिवमा नेपालका जगमान चापागाईं


१८ मंसिर २०७६, बुधबार


काठमाडौं । विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं चयन भएका छन् । मंगलबार जेनेभामा बसेको महासंघको कार्यकारी निकायले चापागाईँलाई महासचिवमा चयन गरेको हो ।

उनले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नेछन् ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागाईँ सो पदमा पुग्ने पहिलो नेपाली हुन्।

देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् ।

उनले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागाईँ महासचिव पदमा छानिएको बैठकमा जानकारी दिएका थिए । यसअघि सो पदमा इलाड सई कार्यरत थिए ।

विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस