गढीमाईबाट फर्कँदै गरेको पिकअप भ्यान दुर्घटना, दुईको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गढीमाईबाट फर्कँदै गरेको पिकअप भ्यान दुर्घटना, दुईको मृत्यु


१८ मंसिर २०७६, बुधबार


काठमाडौं । महोत्तरीको बर्दिवासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

गढीमाई मेलाबाट फर्कँदै गरेको ना५च१२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भइ बुधबार बिहान ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिकि ६५ वर्षीया बर्तनीया देवी महतो छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाइएको छ । अन्य घाइतेहरुलाई उपचारका लागि महोत्तरी तथा धरानका विभिन्न अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस