२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका व्यक्तिको अब्बल सामाजिक ‘स्टाटस’

अ+ अ-

घोराही । अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्र दाङका अध्यक्ष शिव घर्तीको बायाँ खुट्टा कमजोर छ । उनी लौरोको साहारा बिना हिँडडुल गर्न सक्दैनन्। जन्मिँदै पोलियोको सिकार भए पछि उनको शारीरिक अवस्था कमजोर भएको हो तर शरीर कमजोर भए पनि उनको सामाजिकस्तर भने निकै अब्बल छ ।

उनी एउटा सामाजिक अभियन्ता हुन् । लामो समयदेखि सञ्चारकर्मीको रुपमा परिचित उहाँ नेपाल पत्रकार महासङ्घका जिल्ला सदस्य पनि हुन् । उनी आवश्यक परे समाचार लेख्छन्, रेडियोमा कार्यक्रम चलाउछन् । ठाउँठाउँमा पुगेर अपाङ्गताको सवालमा गहकिलो भाषण गर्छन् । अपाङ्गता भएकाको बारेमा वकालत गर्छन् । र आफ्नो बुबाआमा, श्रीमती र आफ्ना दुई बच्चासहित परिवारलाई उनको एक्लो कमाइ कै भर छ ।

घोराही, १९ बालिकोटमा जन्मिएका घर्तीले आठ/नौ वर्षको उमेरमा मात्रै विद्यालयको ढोका टेक्न पाएका थिए । घरको आर्थिक अवस्था कमजोर भएको कारण साना केटाकेटीलाई ट्युशन पढाएर भए पनि उनले आफ्नो कलेजको खर्च धानेको सुनाउँछन् । उनी अहिले राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला कार्यसमितिको अध्यक्ष पनि छन् । सुरुमा अपाङ्गता मानव अधिकार एवं सरोकार केन्द्रमा फिल्ड अफिसरदेखि लेखा अधिकृतसम्म भएर काम गरे । अहिले सोही संस्थाको अध्यक्ष भएर काम गरिरहेका छन् ।

“सामाजिक क्षेत्रमा काम गर्न शारीरिकरुपमा समस्या भए पनि आफन्तको सहयोग, आत्म विश्वासमा कमी भएन”, उनी भन्छन् । उनी अन्य अपाङ्गता भएकालाई पनि सकारात्मक सोचका साथ आत्मविश्वास लिएर काम गर्न आग्रह गर्छन्। त्यसमा पनि परिवार, आफन्त र सिङ्गो समाजको सहयोग चाहिने उनी बताउँछन्। “सहयोग गर्नेहरु हुनुपर्‍यो । आफू गर्छु । गर्न सक्छु । भन्ने हुनुपर्‍यो ।” उनले भने, “हरेक परिवारले सहयोग त गर्छन् तर अपाङ्गतालाई लिएर, प्याच्च बोल्ने, टर्रो भाषामा माया देखाउँदा पिर पर्छ ।”

मुख्य कुरा त अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण जनचेतनाको कमीजस्ता कारण नै मुख्य रहेको उनी बताउँछन् । यस्तै अपाङ्गतामा पनि आर्थिक अवस्थाको आधारमा परिवारमा सम्मान पाउने वा माया पाउने भन्ने कुरामा निर्भर पर्ने उनको अनुभव छ । पछिल्लो समयमा कानूनी रुप मै सबै क्षेत्रमा समावेशी सहभागिताको कुरा आए पछि भने आफूहरुलाई काम गर्न धेरै सजिलो भएको उनी बताउँछन् । “समावेशी व्यवस्थाले हामीलाई फाइदा गरेको छ । यसको हामीले भरपुर उपयोग गर्न सक्नुपर्छ”, उनी भन्छन् ।

नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्रकी सचिव भुमा चौधरीको कम्मरदेखि तलतिरको भागले खासै काम गर्दैन । उनका दुवै खुट्टा कमजोर छन् । घोराही उपमहानगरपालिका–१५ निवासी चौधरीले सामाजिक क्षेत्रमा सक्रिय भएर काम गर्न थालेको करिब १५ वर्ष भयो । उनले पनि स्नातक तहसम्म अध्ययन गरेर अहिले सामाजिक क्षेत्रमा सक्रिय छन् । क्याम्पस पढ्दै गर्दा अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्रको सम्पर्कमा आउनुभएकी उनी त्यसपछि निरन्तर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

सामाजिक क्षेत्रमा काम गर्दा आर्थिकरुपमा कमाउन नसके पनि नाम, पहिचान र आत्मविश्वास कमाएको उनी बताउँछन् । “संस्थामा आबद्ध हुँदा शुरुशुरुमा कार्यक्रममा जाने, कुरा सुन्न गर्न थाले । पछि अपाङ्गताका कुरा पनि राख्न थाले”, उनले भने, “यसरी काम गर्दै गर्दा सबै क्षेत्र र निकायका व्यक्तिसँग सम्पर्क बढ्ने चिनजान पनि भयो र काम गर्न सजिलो भयो ।”

अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको गैरसरकारी संस्था नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको उनी केन्द्रीय सदस्य पनि भए । उनी अहिले जिल्ला सचिव र महिला विभाग संयोजकको रुपमा अपाङ्ग पुनःस्थापना केन्द्र सञ्चालनमा मुख्य भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा रहेकी चौधरी अपाङ्ग हुँदैमा घर मै लुकेर नबस्ने सल्लाह दिन्छन् । “कोही अपाङ्गता भएको हुनुहुन्छ र तपाईलाई समस्या छ भने हामीलाई भन्नुस् । नभए आफन्त टोल छिमेकलाई यो कुरा राख्नुस्”, उनी भन्छन्, “आफूमा आत्मविश्वासको विकास गरे हरेक काम गर्न सकिन्छ ।” पहिलेको तुलनामा परिवारमा हेला गर्ने परिपाटी कम भएको भन्दै चौधरी भन्छन्, “आर्थिकरुपमा अशक्तलाई नै समस्या अपमान, हेला, बेवास्ताजस्ता समस्या देखिएका छन् ।”

सोही कारण पनि अपाङ्गता भएका हातमा सीप सिकेर आफूले गर्न सक्ने काम गरेर आर्थिकरुपमा सक्षम हुनुपर्ने उनको भनाइ छ । उनीहरु त अपाङ्गताको क्षेत्रमा सक्रिय भएर काम गरिरहेका एक प्रतिनिधि पात्र मात्र छन् । अहिले समाजमा धेरै व्यक्ति यसरी नै सक्षम भएर काम गरिरहेका छन् र समाजलाई एउटा गतिलो प्रेरेणा पस्किरहेका छन् । विशेष गरी अपाङ्गता भएका व्यक्तिको शिक्षादीक्षामा जोड दिनसके उनीहरुले सुनौलो भविष्य कोर्न समय लाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस