मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण


१६ मंसिर २०७६, सोमबार


काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् । सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् ।

पाकिस्तानका खेलाडीलाई फाइनलमा हराउँदै मण्डेले २५.७२ अंक ल्याएका थिए । पाकिस्तानका खेलाडी नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए।

यसअघि १२औँ सागमा नेपालले यस प्रतियोगितामा भाग लिएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस