गोरखामा २ सय ४५ शिक्षक एकैपटक विस्थापित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखामा २ सय ४५ शिक्षक एकैपटक विस्थापित


१५ मंसिर २०७६, आइतबार


गोरखा । गोरखामा कार्यरत २ सय ४५ अस्थायी करारका शिक्षक विस्थापित भएका छन् । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आएका शिक्षकको पदस्थापन भएसँगै उनीहरु विस्थापित भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार पदस्थापन भएका शिक्षकको संख्या कुल ३७८ हो । त्यस मध्य नाम निकाल्ने ६३ जना अस्थायी शिक्षकको रुपमा काम गरिरहेका थिए । ४ जनाले राजिनिमा दिए । ६६ दरवन्दी पहिले देखि नै रिक्त थिए ।

सबैभन्दा धेरै शहिद लखन गाउँपालिकामा ५५ र सबैभन्दा थोरै धार्चे गाउँपालिकामा १७ जना शिक्षक पदस्थापन भएको इकाइले जनाएको छ । सिरानचोक गाउँपालिकामा ५२, पालुङटार नगरपालिकामा ५०, गोरखा नगरपालिकामा ३५, आरुघाट गाउँपालिकामा ३३ र भिमसेन थापा गाउँपालिकामा ३२ शिक्षक पदस्थापन भएका छन् । ३१ जना बारपाक सुलिकोटमा, २६ जना गण्डकीमा, २४ जना अजिरकोट र २३ जना शिक्षक चुमनुव्री गाउँपालिकामा गरिएका छन् । पदस्थापन भएका शिक्षक मध्य २१४ जना पुरुष र १६४ महिला छन् ।

उनीहरुले नियुक्ती लिइसकेको र पालिकासँग समन्वय गरेर एक हप्ता भित्रमा हाजिर हुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस