प्रहरीलाई घुस दिने होटल सञ्चालक कर्‍याप्पै ! « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रहरीलाई घुस दिने होटल सञ्चालक कर्‍याप्पै !


१३ मंसिर २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित टोखा नगरपालिकास्थित आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसकी संचालिका सोममाया राईविरुद्ध मुद्दा दायर गरेको छ ।

टोखा ५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्टहाउस चेकजाँच गर्ने क्रममा डिउटीमा खटिएका प्रहरीलाई होटल संचालिका राईले ५० हजार घुस दिएको खुलेपछि आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

महानगरीय प्रहरी वृत, महाराजगञ्ज, काठमाडौँबाट खटिएको टोलीलाई राईले गेष्टहाउस चेकजाँच नगर्न घुस दिएको आयोगका
दाबी छ।

५० हजार घुस दिएको अवस्थामा राईबाट उक्त रकम बरामद भएको अनुसन्धानबाट खुल्न आएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी बरामद भएको उक्त रकम जफतसमेतको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस