केशरमहल प्रबलीकरण गर्न ठेक्का सम्झौता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

केशरमहल प्रबलीकरण गर्न ठेक्का सम्झौता


१३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । चार वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा एकाइका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरेका हुन् । जेभीले रु ६७ करोड २४ लाख ६० हजार ८२७ मा प्रबलीकरण गर्न ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरूप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताए । निर्माण कम्पनीका गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले एक हप्ताभित्र निर्माण शुरु गरिने जानकारी पनि दिए ।

परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि., एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ ।

प्रतिक्रिया दिनुहोस