विचाराधीन कर्मचारी विधेयकबारे मन्त्री त्रिपाठीको चासो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विचाराधीन कर्मचारी विधेयकबारे मन्त्री त्रिपाठीको चासो


१३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकबारे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले चासो देखाएका छन् ।

मन्त्री त्रिपाठीले शुक्रबार समिति सभापति शशी श्रेष्ठसँग भेट गरी विधेयक बारे चासो राख्दै छलफल गरेका हुन् ।

२०७५ माघ २७ मा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा आएको थियो । सो विधेयक राज्य ब्यवस्था समितिमा विचाराधीन छ ।

अघिल्लो अधिवेशनमै पास गर्ने भनिए पनि निजामतीमा अस्थायी कर्मचारी राख्नेवा नराख्ने, आधिकारीक ट्रेड युनियन के गर्ने, कर्मचारीको सेवा शर्तलगायतकै विषयमा सहमति नजुट्दा समितिमै छ ।

समिति सदस्यहरुले मन्त्री त्रिपाठीलाई समितिमा कुन ढङ्गले छलफल भएको छ ? कसले कस्ता प्रस्ताव राखेका छन् र सरकारले कस्तो पोजिसन बनाएको छ ? भन्ने मन्त्रीले अध्ययन गरेर बैठकमा आउनुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस