नेपाल प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ


१३ मंसिर २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । नेपाल प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

शाहले ठगी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग घुस लिएको खुल्न आएको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई जनकपुर उपमहानगरपालिका–८ बाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस