हुम्लामा हिमपात सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हुम्लामा हिमपात सुरु


१३ मंसिर २०७६, शुक्रबार


हुम्ला । उत्तरी हुम्लामा हिमपात सुरु भएको छ । बिहीबार राति ८ः०० बजेबाट हिमपात सुरु भएको हो ।

हिमपात भएपछि शुक्रबार बिहानको तापक्रम माईनस तीन डिग्री पुगेको छ । बिहीबार दिउँसोबाटै चिसो बढेको थियो ।

अग्ला क्षेत्रहरु सिमकोट गाउँपालिकाको रलिङ, पंचमुखी, चाङला हिमालमा बढी हिमपात भएको छ भने नाम्खा गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको छ ।

हिमपात पछि हिमाल पारीको लिमी र चाला गाउँमा आवत जावत कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस