प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीलाई प्लेटलेट्स चढाइयो


१३ मंसिर २०७६, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्लेटलेट्स’ चढाइएको छ । शल्यक्रिया र डायलसिसका कारण प्रधानमन्त्रीलाई बिहिबार प्लेटलेट्स चढाइएको हो ।

एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो ।

संक्रमण नियन्त्रणमा राख्न हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) प्रयोग गरिएको छ । सेकेन्डरी इन्फेक्सन (थप संक्रमण) को जोखिम कायमै रहेकाले उच्च चिकित्सकीय सतर्कता अपनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई असहज नहोस् भनेर बेला–बेलामा अक्सिजनसमेत दिइराखिएको छ ।

चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई डायलसिसको आवश्यकता पहिलेभन्दा बढेको छ ।

प्रतिक्रिया दिनुहोस