काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २३ जना विद्यार्थीलाई ३१ पदक वितरण गर्ने भएको छ । उक्त पदक ४५ औँ दिक्षान्त समारोहमा प्रदान गरिने भएको हो ।
पदक पाउने विद्यार्थीको नाम पनि विश्वविद्यालयले सार्वजनिक गरेको छ ।
२३ जनामध्ये ८ जना छात्र र १५ जना छात्रा रहेका छन् । जसमा एक जनाले तीनवटा पदक प्राप्त गरेका छन् । ५ जनाले दुई–दुईवटा पदक प्राप्त गरेका छन् । १७ जनाले एक एक वटा प्राप्त गरेका छन् ।
दिक्षान्त समारोह आगामी पौष ३ गते हुने छ ।