२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको उपचारबारे निर्णय गर्न मेडिकल टिमको विशेष बैठक

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्‍न चिकित्सकहरूको बैठक बसेको छ ।

प्रधानमन्त्रीको हालसम्मको उपचारको समीक्षा र भावी उपचारको रणनीति तय गर्न डा. अरुण सायमीको संयोजकत्वमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्रीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गर्ने वा शिक्षण अस्पतालमा सार्ने बारेमा छलफल हुँदै गरेको डा अरुण सायमीले जानकारी दिएका छन् । हाल उपचाररत मनमोहनमा डाइलासिस मेसिन नभएकाले प्रधानमन्त्रीलाई शिक्षण अस्पतालमा सार्न छलफल थालिएको हो।

मंगलबार बिहान अत्याधिक पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। एपेन्डिक्स मार्फत पेटमा संक्रमण भएपछि उनी गम्भीर बिरामी परेका थिए।

प्रधानमन्त्री ओलीको मंगलबार शल्यक्रिया गरिएको थियो। अहिले उनको स्वास्थ्य उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ।

यद्यपि, उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

आजै प्रधानमन्त्रीले नेकपाका महासचिव, आफ्ना सल्लाहकारलाई भेट्नुका साथै आफ्नो सामान्य सक्रियता शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस