२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य

अ+ अ-

नवलपुर । राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने (फ्लोरसेन्ट) ज्याकेट अनिवार्य गरिएको छ ।

आगामी आइतबारदेखि लागू हुनेगरी गैँडाकोट क्षेत्रका विद्यालयका सवारी साधन चलाउने चालक र सहचालकलाई एउटै प्रकारको फ्लोरसेन्ट ज्याकेट अनिवार्य गरिएको हो ।

दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधनबाट काम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए । “पछिल्लो समय दुर्घटनामा विद्यालयका सवारी साधन बढी परेको पाएका छौँ”, प्रहरी निरीक्षक थापाले भने, “गैँडाकोटबाट शुरु गरिएको अभियान जिल्लाका सबै स्थानीय तहमा लागू गर्नेछौँ ।” आइतबारदेखि विद्यालयका सवारी साधन चालक तथा सहचालकले फ्लोरसेन्ट नलगाएको अवस्थामा उनीहरुलाई कारवाही थाल्ने उनले बताए ।

त्यस्तै विद्यालयका सवारी साधनले विद्यार्थीलाई उभ्याएर यात्रा गराउने गरेको उल्लेख गर्दै त्यसरी यात्रा गराएको पाएमा समेत नियमानुसार कारवाही गर्ने उनले बताए । विद्यालय सञ्चालकले समेत ट्राफिक प्रहरीलाई सघाउने जानकारी दिँदै आगामी दिनमा विद्यालयका सवारी साधनमा विद्यार्थीलाई उभ्याएर यात्रा नगराइने प्रतिबद्धता जनाएका छन् ।

सकेसम्म विद्यालयका सवारी साधन पहेँलो रङको प्रयोग गर्ने पहेँलो रङ उपलब्ध नभएको अवस्थामा विद्यार्थी बोकेको जानकारी प्रदान दिने सूचक सवारी साधनमा राखेर विद्यार्थी बोक्न विद्यालय सञ्चालक सहमत भएका छन् ।

प्याब्सन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाले विद्यालयका सवारी साधन रोक्नका लागि निश्चित क्षेत्र छुट्याइदिन आग्रह गरेका छन् । विद्यालय क्षेत्र वरिपरि चर्को हर्न बजाउने, विद्यार्थी बोकेको सवारी साधनलाई साइड नदिने प्रवृत्ति धेरै भएकाले यसको नियन्त्रणका लागि समेत ट्राफिक प्रहरीले काम गर्नुपर्ने देवकोटाले बताए ।

गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले आगामी शैक्षिकसत्रबाट विद्यार्थी बोक्ने सबै सवारी साधनको रङ अनिवार्यरूपमा पहेँलो हुनुपर्ने भन्दै निर्देशिकासमेत बनाइसकेको बताए । नगरपालिकाले समेत अनुगमन गरेर नियम उल्लङ्घन गर्ने विद्यालयलाई कारवाही गर्न सहयोग गर्ने उनले बताए । गैँडाकोट नगरपालिकाभित्र २२ निजी विद्यालय तथा आठ सामुदायिक विद्यालयले विद्यार्थी बोक्न सवारी साधन प्रयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस