काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति चासोराख्ने सम्पूर्णलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् ।
एपेन्डिसाइटिसको शल्यक्रिया गरी उपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीब्र गतिले सुधार भइरहेको जानकारीसमेत गराएका हुन् ।
‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्यपोचार गराइरहेको छु, यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ, उनले भने, ‘स्वास्थ्यस्थितिबारे चासो राख्नुहुन, शुभेच्छा प्रकट गर्नुहुने सम्पूण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
यस्तो छ प्रधानमन्त्रीको ट्वीट :
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019