काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दिने नातेदारको परीक्षण गरिने भएको छ । दोस्रो मृगौला प्रत्यारोपणका लागि दाताहरुको खोजी भइसकेको बताइएको छ ।
दाताहरु ससुराली तर्फबाट नाता पर्नेएक जना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको स्वास्थ्य परीषण भइरहेको बताइएको छ ।
स्रातेतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् ।
उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ ।