२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालसामानको मर्मत सम्भार कसरी गराउने ?

अ+ अ-

सार्वजनिक निकायमा मर्मत सम्भार गर्नुपर्ने मालसमान सवारीसाधन, मेशिनरी औजार र फर्निचर गरी बृहत रुपमा तीन भागमा वर्गिकरण गर्न सकिन्छ। नेपालका अधिकांश सार्वजनिक निकायमा सवारीसाधनको समयमा नियमित मर्मत सम्भार तथा सर्भिसिङ्ग नहुने तथा मेशिनरी औजार र फर्निचरको समयमै मर्मत सम्भार नहुने समस्या विद्यमान छ।

सो समस्याको समधानार्थ सवारी साधनको हकमा प्राविधिकबाट प्रमाणित जाँच तालिका तयार गरी सोको आधारमा नियमित रुपमा मर्मत सर्भिसिङ गर्नुपर्छ र आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भएमा प्राविधिकबाट मर्मतको लागी सिफारिस गराई मर्मत गर्नुपर्ने हुन्छ। मेशिनरी औजारको हकमा प्राविधिकबाट प्रमाणित जाँच तालिका तयार गरी सोको आधारमा नियमित मर्मत सम्भार गर्नुपर्छ, आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भएमा प्राविधिकबाट मर्मतको लागी सिफारिस गराई मर्मत गर्नुपर्छ भने फर्निचरको हकमा चौमासिक रुपमा निरीक्षण गरी मर्मत कार्ययोजना बनाई मर्मत सम्भार गर्ने गराउने व्यवस्था मिलाउनु पर्छ।

सार्वजनिक निकायमा रहेका मालसमानको मर्मत सम्भार गराउँदा सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना गर्नुपर्छ। सार्वजनिक निकायमा रहेको कुनै मालसामानको मर्मत सम्भार गर्नु पर्ने भए सोको लिखित जानकारी त्यस्तो मालसामानको उपयोगकर्ताले सो निकायको प्रमुखलाई दिनु पर्छ।

मालसमान मर्मत सम्भार तथा सर्भिसिङ्ग गर्दा त्यस्तो मालसमानको मर्मतको लागी थप कुनै मालसमान, उपकरण र पाटपुर्जा फेरबदल गर्नुपर्ने भएमा मौज्दातमा त्यस्तो मालसमान, उपकरण र पाटपुर्जा भए मौज्दातबाट लिई र खरिद गर्नुपर्ने भए सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको खरिद सम्बन्धी प्रक्रियाको अबलम्बन गरी खरिद गर्नुपर्छ।

मालसमान मर्मत गर्दा कुनै मालसमान, उपकरण वा पाटपूर्जा फेरबदलको लागी खरिद गरेको भएमा सार्वजनिक निकायले त्यस्तो मालसामान, उपकरण वा पाटपुर्जा जिन्सी खातामा दाखिला गराउनुपर्छ। त्यस्ता मालसमान, उपकरण वा पाटपूर्जा पुराना मालसमान, उपकरण वा पार्टपूर्जाको लागि प्रतिस्थापन गरिएको कुरा सम्बन्धित प्राविधिकबाट प्रमाणित गराई पुराना सामान पनि जिन्सी खातामा दाखिला गर्नु पर्छ। सार्वजनिक निकायले मालसमानको मर्मत गर्दा प्रति एकाई मूल्य पाँच हजार रुपैंयाँ भन्दा बढी पर्ने उपकरण वा पाटपूर्जा फेरबदल गरेको भएमा म.ले.प फाराम नं. ४१५ को ढाँचामा मर्मत, सम्भार तथा संरक्षण अभिलेख खातामा अभिलेख राख्नुपर्छ।

मालसमानको मर्मत सम्भार गराउँदा अबलम्बन गर्नुपर्ने चरणहरु:

कुनैपनि सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेका मालसमानको मर्मत, सम्भार तथा सर्भिसिङ्ग गराउँदा देहायको प्रक्रिया अबलम्बन गर्नुपर्छ।

  • प्रमाणित जाँच तालिका र मर्मत कार्य योजनाको निर्माण:
    • सार्वजनिक निकायको प्रमुखले सवारीसाधन र मेशिनरी औजारको हकमा प्राविधिकबाट प्रमाणित जाँच तालिका बनाउनुपर्छ भने फर्निचरको हकमा मर्मत कार्ययोजना निर्माण गर्न लगाउनुपर्छ। प्रमाणित जाँच तालिका र मर्मत कार्ययोजनाको पालना भए नभएको सम्बन्धमा सार्वजनिक निकायको प्रमुखले समय समयमा अनुगमन निरीक्षण गरी नियमित मर्मत सम्भारको सुनिश्चित गर्नुपर्छ।
  • माालसमान उपयोगकर्ताको जिम्वेवारी :
    • मालसमान मर्मत गर्नुपर्ने भएमा म.ले.प. फाराम नं. ४१४ को ढाँचामा मर्मत, सम्भार तथा संरक्षण आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक निकायको प्रमुखलाई जानाकारी गराउनुपर्छ।
  • लागत अनुमानको तयारी र स्वीकृति:
    • मालसमानको मर्मत सम्भार गर्नुपर्ने जानाकारी प्राप्त भइसकेपछि सार्वजनिक निकायका प्रमुखले सो मालसमानको लागत अनुमान तयार गर्दा त्यस्तो निकायमा त्यस सम्बन्धी विशेषज्ञ वा दक्ष कर्मचारी भए त्यस्तो कर्मचारीबाट र त्यस्तो कर्मचारी नभए त्यस्तो काम गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट लागत अनुमान तयार गर्न लगाउनुपर्छ। तयार गरिएको लागत अनुमान सार्वजनिक निकायको प्रमुखले स्वीकृत गर्नुपर्छ।
  • मालसमानको मर्मत सम्भार तथा सर्भिसिङ्ग:
    • स्वीकृत लागत अनुमान तथा सार्वजनिक निकायको प्रमुखबाट स्वीकृत म.ले.प. फाराम नं. ४१४ ढाँचाको मर्मत, सम्भार तथा संरक्षण आवेदन फाराम बमोजिम सार्वजनिक निकायको आफ्नै वर्कशप भए सोही वर्कशपबाट र नभएमा सार्वजनिक खरिद ऐन तथा नियमावलीको खरिद सम्बन्धी प्रक्रिया पुरा गरी मालसमानको मर्मत, सम्भार तथा सर्भिसिङ्ग गराउनुपर्छ। (सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएको खरिद सम्बन्धी  प्रक्रिया भन्नाले लागत अनुमान १ लाख सम्म भए मौजुदा सूचीमा सुचीकृत कुनै फर्मबाट, ५ लाख सम्म भए मौजुदा सूचीमा सुचीकृत ३ वटा छुट्टाछुट्टै फर्मसँग प्रस्ताव माग गरी, २० लाख सम्म भए सिलबन्दी दरभाउपत्रको माध्यमबाट र २० लाख भन्दा माथी भए बोलपत्रको माध्यमबाट मालसमानको मर्मत सम्भार तथा सर्भिसिङ्ग गर्नुपर्छ)
  • जिन्सी दाखिला:
    • मालसमानको मर्मत गर्दा कुनै उपकरण वा पाटपुर्जा खरिद गरीएको भए ती उपकरण वा पाटपुर्जा र कुनै उपकरण वा पाटपुर्जा प्रतिस्थापन गरिएको भए प्रतिस्थापन गरिएका उपकरण वा पाटपुर्जा सम्बन्धित प्राविधिकबाट प्रमाणित गरी सार्वजनिक निकायको जिन्सी खातामा दाखिला गर्नुपर्छ।
  • मर्मत सम्भार तथा संरक्षण अभिलेख खाता (म.ले.प. फाराम नं. ४१५):
    • मालसमानको मर्मत सम्भार तथा सर्भिसिङ्ग गराउँदा प्रति इकाइ मुल्य पाँच हजार भन्दा बढी मुल्य पर्ने उपकरण वा पाटपुर्जा फेरबदल गरेको भएमा मर्मत सम्भार तथा संरक्षण अभिलेख खाता म.ले.प. फाराम नं. ४१५ को ढाँचामा अभिलेख राख्नुपर्छ।

म.ले. प. फाराम नं. ४१४ र ४१५ महालेखा नियन्त्रक कार्यालयको वेवसाइट fcgo.gov.np > म.ले.प फाराम २०७६ excel > goods and assets > ४१४, ४१५  बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस