२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना हुने

अ+ अ-

ठिनी । मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाली खटिनेछ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको छ ।

भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले १५ लाख विनियोजन गरेको छ । हाल नेचुङमा नेपाल प्रहरीको सीमा प्रहरी चौकी छ । सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने सांसद प्रेमप्रसाद तुलाचनले बताए ।

कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा एक हजार २१७ रोपनी जग्गा व्यवस्थापन गरी गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ ।

सांसद तुलाचनका अनुसार कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ क्वारेन्टाइन भवन निर्माण गर्न एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको छ । भवन निर्माणका लागि सम्बद्ध मन्त्रालयमा पहल गरिएको सांसद तुलाचनले बताए।

कोरला नाका सञ्चालनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो । विसं २०३२ मा शुरु भएको कोरला नाका खम्पा विद्रोहपछि चिनियाँ पक्षले बन्द गरेको थियो । हाल वर्षमा दुई पटक व्यापार मेलाको समयमा मात्र नाका खुल्ने गरेको छ ।

कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ वटा प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्रे र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । जम्मा ११ प्याकेजमध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरलाखण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ । जोमसोम–छुसाङखण्ड अन्तिम चरणमा पुगेको छ भने बेनी–नारच्याङ पुल र चराङ–छोसेर खण्डको काम सबैभन्दा सुस्त छ ।

प्रतिक्रिया दिनुहोस