प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रिया गरिँदै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रिया गरिँदै


१० मंसिर २०७६, मंगलबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । नियमित स्वास्थ्य परीक्षणको लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएका प्रधानमन्त्रीलाई एपेन्डिसाइटिसभएको देखिएपछि शल्यक्रिया गरिँदै छ ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा.अरुण सायमीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अप्रेशन थिएटरमा लगिएको छ। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।

प्रधानमन्त्री मंगलबार बिहान फलोअपका लागि अस्पताल पुगेका हुन् ।

मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस