लागूऔषध चरेससहित २ पक्राउ « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

लागूऔषध चरेससहित २ पक्राउ


१० मंसिर २०७६, मंगलबार


पक्राउ

रुकुमपूर्व । लागूऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भूमे–३, क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस