सामान्यले निकाल्यो यस्तो सूचना : बिदा नलिई लोक सेवाको तयारी गर्ने कर्मचारीलाई कारबाही गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सामान्यले निकाल्यो यस्तो सूचना : बिदा नलिई लोक सेवाको तयारी गर्ने कर्मचारीलाई कारबाही गरिने


९ मंसिर २०७६, सोमबार


समायोजन

काठमाडौं । संघीय मामिला तथा समान्या प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बिदा नलिई लोकसेवाको तयारी गर्ने कर्मचारीलाई कारबाही गरिने बताएको छ ।

मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले एक सूचना जारी गर्दै कार्यालयको काममा बाधा हुने गरी कर्मचारीलाई बिदा नदिने र अत्यावश्यक कामका लागि मात्रै बिदा दिन सम्पूर्ण आयोग तथा मन्त्रालयलाई आग्रह गरेका छन् ।

सूचनामा भनिएको छ, ‘विगत केही दिनदेखि लोक सेवा आयाृगद्वारा सञ्चालन गरिने आन्तरिक तथा खुला परीक्षाको तयारी प्रयोजनको लागि कार्यालय समयमा कर्मचारीहरु अनुपस्थित रहने भन्ने व्यापक जनगुनासो आएकोले अत्यावश्यक कामका लागि मात्रै बिदा दिने ।’

यस्तै, बिदा स्वीकृत नगरी कार्यालय अनुपस्थित हुने कर्मचारीको अभिलेख राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ । ‘बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने कर्मचारीको अभिलेख राखी कारबाही अघि बढाउनु हुन अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

परीक्षाका नाममा सरकारी स्रोत दुरुपयोग पनि नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस