पोखरा–३३ का वडाध्यक्षको घरमा विस्फोट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पोखरा–३३ का वडाध्यक्षको घरमा विस्फोट


९ मंसिर २०७६, सोमबार


पोखरा । पोखरा महानगरपालिका – ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ । सोमबार बिहान करीब पौने ३ बजेतिर वडाअध्यक्ष शिव आचार्यको घरमा विस्फोट भएको हो ।

विस्फोटबाट घरमा पाकिङ गरी राखिएको गाडिमा क्षति पुगेको छ ।

यो वडा पनि निर्वाचन क्षेत्र कास्की २ भित्र पर्दछ । कास्की २ मा १४ मंसिरमा उपचुनाव हुँदैछ । विस्फोट कसले गरायो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वडाध्यक्ष शिव आचार्यको घर भने वडा नं १७ विरौटामा छ । घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा विस्फोट भएको थियो । वडाध्यक्ष शिव आचार्यले सुतिरहेको अवस्थामा ठूलो आवाज आएपछि मात्र थाहा पाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस