काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना भएका छन् ।
डायलाइसिसका लागि उनलाई ग्रान्डीमा लगिएको बताइएको छ । प्रधानमन्त्री ओली आजै बालुवाटार फिर्ता हुने बताइएको छ ।
अस्पताल स्रोतका अनुसार दिउँसो चारबजेदेखि उनको डायलाइसिस सुरु भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेको जानकारी गराए ।
उनले परीक्षणपछि आइतबार बेलुका नै निवासमा फर्किने योजना रहेको बताए ।