आईसीसीको टोली काठमाडौं आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आईसीसीको टोली काठमाडौं आउँदै


८ मंसिर २०७६, आइतबार


काठमाडौं । आईसीसीको टाली काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) सँग शर्तबारे छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को टोली काठमाडौं आउने भएको हो ।

साढे तीन वर्षदेखि क्यानमाथि लगाएको निलम्बन शशर्त फुकुवा गरेको साढे एक महिनापछि शर्तबारे छलफल गर्न आईसीसीको टोली काठमाडौं आउन लागेको हो ।

नोभेम्बर अन्तिममा आउने भनिए पनि कुन दिन आउने भन्ने मिति भने तय नभएको क्यानले बताएको छ ।

२०७३ सालमा राजनीति हाबी भएको भन्दै लगाएको निलम्बन आईसीसीले गत असोज २७ गते शशर्त फकुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस