२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको झण्डा बोक्नेलाई मतदाता शिक्षामा खटाएको भन्दै दलहरुद्वारा आपत्ति

अ+ अ-

भक्तपुर । पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरी परिचालन गरेको छ ।

नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरुसँग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नुपर्ने बताए । पार्टीको झण्डा बोकेर घरदैलो कार्यक्रममा मत माग्न हिँड्ने व्यक्तिलाई कार्यालयले मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै उहाँले मतदाता शिक्षा कार्यक्रम तत्काल रोकेर निष्पक्ष व्यक्तिलाई परिचालन गर्नुपर्ने बताउँदै अन्यथा कार्यक्रम नै रोक्न निर्वाचन कार्यालयलाई अनुरोध गरे ।

नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रतिनिधि निशान ढुङ्गेलले निर्वाचन कार्यालयले हचुवाको भरमा मतदाता शिक्षा कार्यकर्ता छनोट गर्न नहुने भन्दै निष्पक्षताको सुनिश्चित हुनुपर्ने बताए। नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले मतदाता शिक्षा दिने व्यक्तिले नै चुनाव चिह्नको उदाहरण दिँदै आफू निकट दलको पार्टीको चुनाव चिह्नमा मतदान गर्न सिकाउने भएकाले मतदाता शिक्षाको औचित्य नभएको बताए ।

साझा पार्टीका प्रतिनिधि कालीचरण कार्कीले मतदाता शिक्षा दिने स्वयंसेविका वा कार्यकर्ताले नै सरकारी भत्ता खाएर निष्पक्ष मतदाता शिक्षा दिन नसक्ने गरी पार्टीको कार्यकर्तालाई कार्यालयले परिचालन गरेको भन्दै आपत्ति जनाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मुकुन्द थापाले मतदाता शिक्षा कार्यक्रमलाई तत्काल रोक्न अनुरोध गर्दै अहिलको समयमा मतदाता शिक्षाको औचित्य नभएको बताए ।

आगमी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १(क)मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा मतदातालाई निर्वाचन तथा मतदान प्रक्रिया र यसका प्राविधिक तथा कानूनी पक्षका बारेमा आधारभूत जानकारी दिँदै निर्वाचनमा मतदाताको व्यापक सहभागिताका साथै बदर मतको प्रतिशतलाई न्यूनीकरण गर्ने उद्देश्यले परिचालन गरेको कार्यालयका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए।

गत निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन भएको ५७ मध्ये २० जनालाई छनोट गरी परिचालन गरेको भन्दै मतदाता शिक्षा कार्यक्रम रोक्न भने नमिल्ने बताए । यस बारेमा जानकारी पाएपछि प्रजिअ नारायणप्रसाद भट्टले मतदाता शिक्षा दिन परिचालन भएकाहरुलाई आफू बसेको वडाभन्दा फरक वडामा परिचालन गर्न निर्वाचन कार्यालयलाई सुझाव दिए ।