विमलसहितका ४ खेलाडीलाई १३ औँ सागमा पनि प्रतिबन्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विमलसहितका ४ खेलाडीलाई १३ औँ सागमा पनि प्रतिबन्ध


७ मंसिर २०७६, शनिबार


काठमाडौं । अनुशासनको कारबाहीमा परेका चार फुटबद खेलाडीलाई १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पनि प्रतिबन्ध गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले विमल घर्ती मगरसहितका चार खेलाडीलाई सागमा पनि प्रतिबन्ध गर्ने भएको हो ।

यसअघि सागको तयारी टोलीमा विमलसहित अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कुवेतसँगको खेलमा प्रतिबन्ध लागाइएको थियो ।

यी चार खेलाडीलाई दुई वर्षसम्म प्रतिबन्ध कारबाही हुनसक्ने स्रोतको दाबी छ ।

स्रोतका अनुसार खेलाडीले डिस्को र नाइट क्लब गएको मात्र होइन अन्य अनैतिक कार्य गरेको खबर पनि आएको छ । अनुशासन समितिले छानविन गरिरहेको छ । रिपोर्ट आएपछि ठुलै कारबाही हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस