प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते


६ मंसिर २०७६, शुक्रबार


चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाको स्कारपियो गाडी कालिञ्चोक गाउँपालिका–८ सोतीमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीसहित कानूनी सल्लाहकार राजेन्द्रनारायण श्रेष्ठ, कर्मचारी राम ओली, सरिता वली र खड्ग थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कालिञ्चोक गाउँपालिकाको वा२झ ४३५९ नंको स्कारपियो गाडी सिँगटीबाट चरिकोट आउने क्रममा सुनखानीमा आज दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका श्रेष्ठ, थामी र वलीको चरिकोटस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ ।

अन्य दुई जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको गाडी प्रमुख प्रशासकीय अधिकृत आफैँले चलाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस