एबियुको एडमिनिष्ट्रेटिभ काउन्सिलरमा रेडियो नेपाल निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एबियुको एडमिनिष्ट्रेटिभ काउन्सिलरमा रेडियो नेपाल निर्वाचित


६ मंसिर २०७६, शुक्रबार


काठमाण्डौँ । एसिया-प्यासिफिक ब्रोडकास्टिङ युनियन-एबियुको साधारण सभाले रेडियो नेपाललाई एबियुको एडमिनिष्ट्रेटिभ काउन्सिलको काउन्सिलरमा निर्वाचित गरेको छ ।

जापानको टोकियोमा भईरहेको साधारणसभामा बंगलादेशले रेडियो नेपाललाई काउन्सिलरमा निर्वाचित गर्न राखेको प्रस्तावमा सर्वसम्मति भएपछि काउन्सिलरमा निर्वाचित भएको हो ।

एबियुमा नेपालको अर्थपूर्ण उपस्थितिले नेपाली प्रसारण क्षेत्रको विकासमा मद्दत पुग्नुका साथै प्रसारण क्षेत्रमा काम गर्न सहज वातावरण मिल्ने र सञ्चार क्षेत्रमा बढ्दो प्रविधि विकासको ज्ञान हस्तान्तरण हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताए ।

‘प्रसारण क्षेत्र र समग्र मिडियाका चुनौती केलाउँदै भावी रणनीति तय गर्न केन्द्रित एबियु टोकियो २०१९ बाट सम्भावनाका नयाँ क्षेत्रको पहिचान मात्र भएको छैन’, कार्यकारी निर्देशक कार्कीले भने, ‘सामूहिक र द्विपक्षीय छलफलले अवसरको ढोका समेत खोलेको छ ।’

एबियुको साधारण सभामा रेडियो नेपालका कार्यकारी निर्देशका सुरेशकुमार कार्की सहभागी रहेका छन् । रेडियो नेपाल एबियुको सदस्य हो ।

Tags :
प्रतिक्रिया दिनुहोस