सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ - प्रशासन प्रशासन

सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ


प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार १३:३२

घुस

काठमाडौं । अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताए ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए ।

 

Tags: , , ,

प्रतिक्रिया दिनुहोस