चलचित्र ‘च च हुई’ आजबाट प्रदर्शनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘च च हुई’ आजबाट प्रदर्शनमा


६ मंसिर २०७६, शुक्रबार


काठमाडौं । नेपाली चलचित्र ‘च च हुई’ आजबाट प्रदर्शनमा आएको छ । दुई साथीको कथालाई उठान गरेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, साम्तेन भुटिया, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

हलमा बलिउड र हलिउड चलचित्र रिलिज भएपनि नेपाली चलचित्रको हकमा ‘च च हुई’ सोलो रिलिज हो । यो चलचित्रको व्यापारलाई लिएर चलचित्र क्षेत्रमै चलचित्रकर्मी र मिडियाकर्मीमा चासो बढेको छ । रोमान्टिक र कमेडी दुबै अवतारमा देखिएका आर्यनका लागि यो फिल्म चल्नैपर्ने दबाब छ ।

यसले फ्लप फिल्मको श्रृंखलामा पूर्णविराम लगाउन सफल भएको खण्डमा फेरि नेपाली फिल्ममा उनको रजगज चल्नेछ । त्यसैले कतिपयले ‘च च हुई’ लाई उनको अग्नीपरिक्षाको रुपमा लिएका छन् । यो फिल्मको व्यापारिक नतिजाले उनको करिअरलाई कुन दिशा दिने भन्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस