२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार गर्ने मन्त्री-सचिवहरूको निगरानी गर्न मान्छेहरू खटाएको छु -प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनियमितता र भ्रष्टाचार गर्ने मन्त्री र सचिवहरूको निगरानी गर्न मान्छेहरू खटाई रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा नव नियुक्तसहित सबै मन्त्री, राज्यमन्त्री र सचिवहरूलाई बिहीबार साँझ निर्देशन दिँदै अनियमितता र भ्रष्टाचार नगर्न भनेर मन्त्री र सचिवहरूलाई भन्ने गरेको, अनुगमन गरेको र निगरानी गर्नलाई मान्छेहरू समेत बताएका हुन् ।

‘कार्यालयको ढोकामा हामी म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भनेर लेख्छौँ तर त्यस्तो आचरण गर्छौ भने त्यो बेइमानी हो’ उनले भने, ‘जे लेख्छौँ वा भन्छौँ वा शपथ लिन्छौँ, त्यसअनुसारको आचार गरौँ।’

मन्त्री, सचिवहरूले ठेक्कापट्टा, स्वीकृति, निकासा र भेरियसन अर्डर लगायत काममा प्रधानमन्त्रीलाई पनि घूस दिनुपर्छ भन्ने गरेको आफूले सुनेको बताउँदै त्यसो मन्त्री,सचिवहरूलाई आदेश दिएका छन् ।

‘मेरो पनि नाम जोडिन्छ भन्ने मैले सुनेको छु’, प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीलाई नै हिस्सा चाहिन्छ भन्ने कहीँ कतै परेको छ भने त्यस्तो भ्रममा नपर्नुस् ।’

करिब एक घण्टा निरन्तर निर्देशन दिएका प्रधानमन्त्री ओलीले सुशासन, छिटो छरितो र परिणाममुखी काम गर्न, समन्वयमा ध्यान, जनताको सुख र समृद्धि, उत्पादन वृद्धि गर्न र ढिलासुस्ती, दोहोरोपन, काम पन्छाउने प्रवृत्ति हटाउन जोड दिएका थिए। टिमवर्कमा नै सफलता रहेकोले समन्वयात्मक ढङ्गले जनताले परिवर्तन बोध गर्ने गरी मन्त्रिपरिषद् र मन्त्रीको टिमले काम गर्नु पर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस