गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरियो : प्रभु शाह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरियो : प्रभु शाह


५ मंसिर २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व मन्त्री प्रभु शाहले मन्त्रिपरिषद् पुनर्गठन प्रति आफू असन्तुष्टि भएको जनाएका छन् ।

मन्त्री शाहले मन्त्रिपरिषद् गठन गर्दा गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरियो भन्दै आफू त्यसप्रति लज्जित भएको जनाएका हुन् ।

मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो, मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’

मन्त्रिपरिषद् पुनर्गठन गर्दा एकपटक फेरी लज्जित हुनु परेको भन्दै मन्त्री शाहले भनेका छन्, ‘मन्त्रीबनाउँदा योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने कार्यले एकपटक फेरी लज्जित भएका छौं ।

मन्त्री शाह नेकपा प्रदेश २ का अध्यक्षसमेत हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रीमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस