मन्त्री हेरफेर आज : को आउँछन् को फालिन्छन् ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्री हेरफेर आज : को आउँछन् को फालिन्छन् ?


४ मंसिर २०७६, बुधबार


काठमाडौं । मन्त्रिपषिद् हेरफर हुने बलियो सम्भावना आज देखिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ले आज मन्त्रिपरिषद् हेरफेर हुने जानकारी गराएका थिए ।

आज पुनर्गठन हुने मन्त्रिमण्डलमा को–को आउने र क–कसको विदाई हुने भन्ने निर्णय हुने भएको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई हटाउने तयारी भएको बताइएको छ ।

तर को फालिने र को रहने भन्ने सहमतिपछि मात्रै यकिन हुने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए। केही बहालवाला मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर गर्न सक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस