वीरगञ्ज । वीरगञ्जको सार्वजनिक स्थलमै कांग्रेसका दुई नेताबीच कुटाकुट भएको छ । कुटकुटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेरका छन्।
प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार, बुधवार बिहान ७ः४५ बजेतिर आदर्शनगरस्थित बब्लु टी स्टलको अगाडि सडकको वारिपारि रहेका शर्मा र कलवार एक अर्कालाई गालिगलौज गर्दै आएका थिए । गालिगलौजपछि दुवै कुटपिटमा उत्रिएका हुन् । दुई नेता कुटपिट गर्नथालेपछि स्थानीयले छुट्याउने प्रयास गरेका थिए । कुटपिटबाट नाकबाट रगत बगेको छ ।
कांग्रेसभित्रको समीकरणमा दुवैजना शेरबहादुर देउवा गुटका हुन् । उनीहरुबीचको कुटाकुटको कारणबारे नेताहरुले अनभिज्ञता प्रकट गरेका छन् ।