वडा सदस्यलाई साइकल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडा सदस्यलाई साइकल


४ मंसिर २०७६, बुधबार


सप्तरी । विष्णुपुर गाउँपालिकाले गाउँपालिकाका २९ वटै वडा सदस्यलाई एक–एक थान साइकल वितरण गरेको छ । जनताको काम गर्न सहज होस् भनेर वडा सदस्यलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लिलाम्वर यादवले बताए।

गाउँपालिकामा मङ्गलबार आयोजित साइकल वितरण कार्यक्रममा उनले साइकलको दुरुपयोग नगरी गाउँपालिकाको मर्यादा बढाउन वडा सदस्यलाई आग्रह गरे । तेस्रो गाउँसभाले वडा सदस्यलाई साइकल प्रदान गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषप्रसाद मण्डल, वडा नं ७ का वडाध्यक्ष विन्देश्वर साहलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, वडा नं ६ का वडाध्यक्ष बहादुर सदा एवं वडा सदस्यहरुको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस