नेकपा पार्टी सचिवालय बैठक ९ बजे बस्दै, लगत्तै आधा दर्जन मन्त्री हेरफेर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेकपा पार्टी सचिवालय बैठक ९ बजे बस्दै, लगत्तै आधा दर्जन मन्त्री हेरफेर


४ मंसिर २०७६, बुधबार


काठमाडौँ । नेकपा पार्टी सचिवालय बैठक आज (बुधबार) विहाना ९ बजे वालुवाटारमा बस्दैछ ।

लामो समयदेखि मन्त्रीहरु हेरफेर हुने चर्चा हुँदै आएपनि उठ्ने/सेलाउने हुँदै आएकोमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै वुधबारसम्म हेरफेर हुने संकेत गरेका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मन्त्रीहरुले नै प्रधानमन्त्री ओलीलाई प्रश्न राखेपछि प्रधानमन्त्री ओलीले सामान्य हेरफेर हुने नयाँलाई अवसर दिन पर्ने पनि भएकोले हेरफेर हुने बताएका थिए ।

वालुवाटार स्रोतका अनुशार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीदेखि कृषि, महिला, खेलकुद, भौतिक पूर्वाधार, श्रम खानेपानी, भूमिसुधार तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री फेरबदल हुन सक्ने वालुवाटार स्रोतले जनाएको छ । तर, पार्टि भित्र समीकरण मिलाउनु पर्ने भएकोले अन्तिमसम्म पनि को रहने र थपिने भन्ने एकिन गर्न नसकिने स्रोतको भनाई छ ।

मन्त्रिमण्डल हेरफेरसँगै बहालवाला मन्त्रीहरुकोसमेत हेरफेर हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस