वाणिज्य बैंकको दोस्रो तला बाट खसेर कर्मचारीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाणिज्य बैंकको दोस्रो तला बाट खसेर कर्मचारीको मृत्यु


३ मंसिर २०७६, मंगलबार


धनगढी । राष्ट्रिए वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर बैंकका कर्मचारीको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय बाणिज्य बैंकको छतबाट खसेर कार्यालय सहयोगी दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दार्चुलाको मालिकार्जुन घर भएका ४६ वर्षीय पन्तलाई छतबाट खसेपछि अचेत अवस्थामा टीकापुर अस्पताल लगिएको थियो । टाउको र छातीमा चोट लागेका उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।

सोमबार राति ९ः४५ बजे उनी छतबाट खसेको बताइएको छ । मादक पदार्थ सेवन गरेर छतमा जाने क्रममा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस