उदयपुरमा प्रहरी र स्थानीयबीच झडप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उदयपुरमा प्रहरी र स्थानीयबीच झडप


३ मंसिर २०७६, मंगलबार


उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा प्रहरी र स्थानीयबीच झडप भएको छ । ढुंगा उत्खननको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको हो ।

झडपपछि स्थानीयले चक्काजाम गरेका छन् । एम्बुलेन्सबाहेक अन्य सवारीसाधन चलेका छैनन् ।

स्थानीयले सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै लोड गरिएका २० टिपर र एक स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएको टिपर लैजाने क्रममा स्थानीय र प्रहरी बीच सोमबार राति नै झडप भएको थियो ।

गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ। जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस